सल्यान २५, असार ।
आज देखी सल्यानबाट दाङ र काठमान्डौँ नियमित बस चल्ने भएका छन् । बिहीवार जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्लाका यातायात व्यवसायी विच भएको सहमति अनुसार पासको व्यवस्था गरेर आज देखी सल्यानबाट दाङ र काठमान्डौँ नियमित बस चल्ने भएका हुन् । सल्यानबाट दाङका लागि दैनिक ६ वटा बस र काठमान्डौँका लागि १ वटा बस नियमित चल्ने सहमती भएको छ ।
गाडिमा रहेको सिट क्षमता अनुसार यात्रु राख्न पाउने गरि बस सञ्चालन गर्न पाउने सहमती भएको छ । नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जिल्लाका ग्रामिण रुढहरुमा सञ्चालन हुने सवारीसाधनमा जोरविजोर प्रणाली लागु नगर्ने सहमती भएको बताउनुभयो । यातायात व्यवसायि विचमा आन्तरिक सहमति गरेर सल्यानबाट दाङ र काठमान्डौ नियमित बस सञ्चालन गरिने उहाँको भनाई छ ।