सल्यानका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सल्यान २५, असार ।
सल्यानका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर १७ जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २ हजार ८ सय ५९ पुगेको छ ।

यस्तै जिल्लामा थप ६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । जिल्लामा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ९ पुगेको छ । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ९९ रहेको छ । जसमा जिल्ला अस्पताल सल्यानमा ४ जना, संस्थागत आइसोलेसनमा ७ जना र होमआइसोलेसनमा ८८ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस