मृगौला पिडित रेउलेलाई थप २ लाख २८ हजार रुपैँया सहयोग

सल्यान २६, असार ।
सल्यानका मृगौला पिडित एक ब्यक्तिलाई पुनः आर्थिक सहयोग गरिएको छ । लामो समय देखी दुबै मृगौलामा समस्या भएर उपचाररत शारदा नगरपालिका वडा नम्बर १ चैबाङका ४३ बर्षिय चित्र रेउलेलाई तेस्रो पटक २ लाख २८ हजार रुपैँया बढी सहयोग गरिएको हो ।

कमन युथ ग्रुप सल्यानले दुबै मृगौलामा समस्या भइ उपचाररत उनलाई २ लाख, २८ हजार ४ सय ५३ रुपैया संकलन गरी हस्तान्तरण गरेको हो । आर्थिक अबस्था कमजोर भएर उपचारमा समस्या भएपछि देश तथा बिदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन गरेर हस्तान्तरण गरिएको एक अभियान्ता भिम बहादुर खडकाले जानकारी दिनुभयो ।

सो अबशरमा शारदा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष नवराज बुढाथोकी, अभियान्ता खेमराज बोहरा, लालु देवकोटा, भिम बहादुर खडका लगाएतको सहभागिता रहेको थियो । यो सहित कमन युथ ग्रुपले उनलाई ५ लाख ९ सय ६४ रुपैँया सहयोग हन्तान्तरण गरेको अभियान्ता महेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित