बागचौर नगरपालिकाद्धारा झण्डै ७९ करोडको बजेट सार्वजनिक

सल्यान २७, असार ।
सल्यानको बागचौर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । आइतवार नगरको सातौं नगरसभा मार्फत नगरपालिकाले निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख लोकमान बुढाथोकीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कार्यलाई प्राथामिकतामा राखिएको बताउनुभएको छ ।

उहाँले नगरको शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकासलाई प्राथामिकता दिदैँ क्रमागत योजनाहरुलाई सम्पन्न गर्नका लागि बिशेष प्राथामिकता दिइएको बताउनुभयो । उहाँले स्थानिय स्तरमा नै नागरिकलाई रोजगारीका अवसर सिर्जना गर्ने गरी निती तथा कार्यक्रम तयार पारिएको बताउनुभयो ।उहाँले अहिले रहेको आइसोलेसनलाई नगर अस्पतालका रुपमा विकसित गरिने बताउनुभएको छ ।


नगरपालिकाले झण्डै ७९ करोडको बजेट सार्वजनिक गरेको छ । नगरको सातौं नगरसभा मार्फत नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि ७८ करोड ८२ लाख ५२ हजार ४ सय ७४ रुपैँया बरावरको वजेट सार्वजनिक गरेको हो । बजेट सार्वजनिक गर्दै नगरउपप्रमुख कल्पना पुनले चालु तर्फ ४३ करोड ५७ लाख ५२ हजार ४ सय ७४ र पुँजीगत तर्फ ३५ करोड २४ लाख ९९ हजार ९ सय ९८ रुपैँया रहेको जानकारी दिनुभयो ।

सो अबसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरसभाले आर्थिक ऐन २०७८, विनियोजन ऐेन २०७८, स्वास्थ्य ऐेन २०७८ सर्वसम्मतीले पारित गरेको छ । यसैबिच नगरले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ८ जना ब्यक्तीहरुलाई सम्मान समेत गरेको छ । जसमा बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगी, बागचौर नगरपालिका सल्यानका सह लेखापाल बसन्त लामिछाने, कोभिड –१९ आइसोलेसन केन्द्र बागचौरका स्वास्थ्यकर्मीहरु एमबिबिएस डाक्टर जीवन बस्नेत , जनस्वास्थ्य निरिक्षेक हिमाल भण्डारी, जन कल्याण नमुना मा.वि सल्यानका बालि बिज्ञान शिक्षक लिलमान बस्नेत, बागचौर नगरपालिका वडा नम्बर ५ का ब्यवसायी दिपक भण्डारी , वडा  नम्बर७ का किसान मदन धर्ती र बागचौर नगरपालिकाका कार्यालय सहयोगी पदम ओलिलाई लाई सम्मान समेत गरेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस