देश ठुलो दुर्घटनाबाट जोगियो : बरिष्ठ नेता नेपाल

नेकपा एमाले सल्यानको जिल्ला कमिटी बैठक सम्पन्न

सल्यान ५, साउन ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले देश ठुलो दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । उहाँले देशमा अस्थिरता पैदा गर्ने र बर्षौ सम्म देशमा एकलौटी रुपमा राज गर्ने प्रतिगमणकारी, स्वेच्छाचारी, केपि प्रबृतिको अन्त्य सँगै देश ठुलो दुर्घटनाबाट जोगिएको बताउनुभएको हो ।

नेकपा एमाले सल्यानको माधव कुमार नेपाल पक्षिय जिल्ला कमिटी बैठकलाई मंगलबार भर्चुअल बाध्यमबाट संम्बोधन गर्दै उहाँले यस्तो बताउनुुभएको हो । पुर्वप्रधानमन्त्री समेत रहनुभएका बरिष्ठ नेता नेपालले जनताले बिकास खोजेको, कोरोनाका कारण नागरिक मारमा परेको अवस्थामा देशमा अस्थिरता कायम गर्ने र देशलाई फेरी बर्षौ पछि धकेल्ने तत्वको अन्त्य भएको बताउनुभएको हो ।

‘पार्टीले दुइ तिहाइ मत प्राप्त गरेर स्थिर सरकार सञ्चालन गर्ने बेलामा पार्टीलाई टुक्रा पार्ने, निस्तेजको राजनिति गर्ने र देशलाई दुरगामी असर पर्ने गरी जालझेल रचियो, पटक पटक संसद बिघटनको प्रयास गरियो, जो प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिगमणकारी कदम थियो’ उहाँले भन्नुभयो ‘अन्ततः देशमा स्थिरता कायम गर्नको लागि सबै निकाय मिलेर अगाडी बढ्यौँ, केपि प्रबृद्धिको अन्त्य गरेरै छोड्यौँ ।’

उहाँले केपिओली जालीझेली गर्ने मान्छे भएकाले अहिले कै अवस्थामा केपिको बिस्वास गरेर सँगै एउटै पार्टीमा हिड्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । केपि ओलीले पार्टी, नेता, आम कार्यकर्ता र जनतालाई बिभिन्न आस र प्रलोभनमा पारेर धोकाको खेती गरिरहेकाले केपिसँगको एकता सम्भव नभएको उहाँको भनाई छ । उहाँले देश र जनताको भलाइका लागि एकजुट भएर अगाडी बढ्न आमकार्यकर्ताहरुमा आग्रह गर्नुभएकोे छ ।


बैठकमा बोल्दै नेकपा एमाले कर्णाली प्रदेशका संयोजक प्रकाश ज्वालाले देशमा मौलाउदैँ गएको प्रतिगमण परास्त भएको बताउनुभएको छ । देशलाई अस्थिरता तर्फ लैजान केपिओली सक्रिय भएपनि बिभिन्न पाँच राजनितिक दलको सक्रियता र आमनागरिकको प्रतिगमण विरोधि आवाजका कारण केपिप्रवृद्धिको अन्त्य भएको उहाँले बताउनुभएको हो ।

प्रतिगमणकारी केपिबादको बिरुद्धमा धावा बोल्ने र आवाज उठाउने काम कर्णाली प्रदेशबाट शुरु भएको उहाँको भनाई थियो । ‘जनताको दुइ तिहाइ मत प्राप्त गरेर सञ्चालन भएको सरकारले जनमुखी काम गर्न नसकेर संसदको हत्या गर्ने र देशमा अस्थिरता कायम गर्ने काम केपिओलीबाट शुरु भएको थियो’ उहाँले भन्नुभयो ‘यस बिरुद्धको संघर्ष कर्णालीबाट शुरु भएको थियो, अन्ततः केपिबादको ठेगान लगाएरै छोड्यौँ ।’

बैठकमा प्रदेश कमिटी सदस्यहरु धिरेन्द्र श्रेष्ठ, हरी केसी, भद्रसिंह बुढा, ज्ञानेश्वर केसी, जीवन विसी लगाएतकाले बोल्नुभएको थियो । नेकपा एमाले सल्यानका जिल्ला कमिटी अध्यक्ष उदयबहादुर बोहराको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष रामकुमार खड्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । बैठकको सहजीकरण जिल्ला कमिटीका सचिव रमेश कुमार गौतमले गर्नुभएको थियो भने पार्टीका उपसचिव भोला केसीले बैठकमा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यस्तै बैठकमा प्रदेश कमिटी सदस्यहरु सिपि वली, इश्वरी बुढाथोकी, भिउसेन नेपाली, शारदा परियार, राज बहादुर बुढा, टोप बहादुर थापा, प्रदेश सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, केन्द्रिय शहरी विभाग सदस्य इन्द्र कुमार शर्मा लगाएत जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । यस्तै बैठकमा जनबर्गिय संगठनका जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय पदाधिकारी र सदस्य तथा जिल्ला अध्यक्षहरुको समेत सहभागिता रहेको पार्टी सचिव गौतमले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस