सामुदायिक बिद्यालयमा ‘पब्लिक हाजिरी’

सल्यान १०, साउन ।
शैक्षिक सुधारको लागि सल्यानको एक बिद्यालयमा पब्लिक हाजिरीको व्यवस्था गरिएको छ । जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योति माद्यामिक बिद्यालयमा पब्लिक हाजिरीको व्यवस्था गरिएको हो । बिद्यालयमा शिक्षकशिक्षिकाहरुको उपस्थितीलाई नियमित बनाउने र पठनपाठन कार्यमा सरिक बनाउने उद्धेश्यका साथ पब्लिक हाजिरीको थालनी गरिएको बिद्यालयले जनाएको छ ।

बिद्यालयमा कार्यरत शिक्षकशिक्षिकाको हाजिरीलाई बिद्यार्थी र अभिभावकले निगरानी गर्न सक्ने गरी सार्वजनिक रुपमा गर्ने व्यवस्था गरेको छ । जसका लागि बिद्यालयको परिसरमा एउटा बोर्ड झुण्ड्याईएको छ । त्यस बोर्डमा आजको दिनमा बिद्यालयमा कुन शिक्षकशिक्षिका आएनन्, के कारणले आएनन् भनेर प्रष्ट रुपमा लेखिएको हुन्छ ।

बिद्यालयको शैक्षिक सुधारको लागि शिक्षकशिक्षिकाको उपस्थितिलाई पारदर्शी बनाउन पब्लिक हाजिरीको व्यवस्था गरिएको बिद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो । ‘बिद्यालयमा को–को शिक्षकशिक्षिका हुनुहुन्छ भनेर सोधिरहन पर्दैन’, उहाँले भन्नुभयो, ‘बिद्यालय परिसरमा राखिएको यस हाजिरी विवरणले शिक्षकशिक्षिकाको उपस्थित हेर्न र बिद्यार्थीहरुको पठनपाठनमा सहज बनाएको छ ।’

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष दुर्गा पुनले गत बर्ष देखी पब्लिक हाजिरीको व्यवस्थापन गर्न थालिएको जानकारी दिनुभयो । ‘बिद्यालयमा इहाजिरी जडान गरेका छौँ, यसले शिक्षकशिक्षिकाहरुलाई समयमा नै बिद्यालयमा आउन सहयोग गर्छ’ उहाँले भन्नुभयो ‘यदी कुनै कारणबस कोही बिद्यालयमा अनुपस्थित भएको खण्डमा कारण सहित पब्लिक हाजिरी बोर्डमा नाम उल्लेख गरिएको हुन्छ ।’

यस्तै बिद्यालयका सबै कक्षाहरु कति बिद्यार्थीहरु छन्, आजको दिनमा कति कति बिद्यार्थीहरु बिद्यालयमा उपस्थित भएका छन् भन्ने बारेमा पनि बिद्यार्थी हाजिरी रेकर्डमा राख्ने गरिएको उहाँको भनाई छ । बिद्यालयले बिद्यार्थीहरुको पठनपाठनलाई नियमित बनाउदैँ शैक्षिक गुणस्तर सुधारको लागि बार्षिक कार्ययोजना तयार पारेर काम गर्दै आएको जनाएको छ ।

यस बिद्यालयमा कक्षा पाँच सम्मका बिद्यार्थीहरुको लागि भुइ खाटको ब्यवस्था गरेको छ भने माथिल्लो कक्षाका लागि बेन्च र कुर्सीको व्यवस्था गरेको छ । यस्तै यस बिद्यालयमा पुस्तकालय, इपुस्तकालय, कम्युटर ल्याव, प्रोजेन्टरको माध्यमबाट पठनपाठन हुने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस