सल्यानको कोटमौलामा ‘बेलुन’ जस्तै देखिने अनौठो बस्तु भेटियो

सल्यान ११, साउन ।
सल्यानमा बेलुन जस्तै अनौठो बस्तु भेटिएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ९ कोटमौला परिलेखमा सोमबार दिउसोँ बेलुन जस्तै देखिने अनौठो बस्तु भेटिएको हो । मानव बस्ती नजिकै रहेको जंगलमा अनौठो बस्तु भेटिएपछि स्थानिय आश्चार्यमा परेका छन् ।

परिलेखमा रहेको जंगलको एउटा रुखमा छाता आकारको सेतो कपडा भएको बेलुन जस्तै बस्तु, प्लाष्टिकका दुइ वटा पोका, त्यसमा इलेक्ट्रिक सामान जडान गरे जस्तै देखिने २ वटा बक्स, धोगोको डोरी लगाएत रहेको स्थानिय झक्कु प्रसाद वलीले जानकारी दिनुभयो ।

उहाँले अनौठो खालको बस्तु भेटिएपछि स्थानियहरु त्यँहा गएर हेरेको तर त्यस बारेमा केही जानकारी नभएको बताउनुभयो । त्यस बस्तुभित्र हानिकारक चिज हुनसक्ने आशंकाले गर्दा स्थानियले त्यसलाई टाढै बाट हेरेर फर्किएका छन् । यता जिल्ला प्रहरी कार्यालय सल्यानले यस बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

त्यहाँ बस्तु भेटिएको भनेर खबर प्रहरी कहाँ सम्म आएको र बास्तविकता बुझ्न प्रहरी टोली घटना स्थल तर्फ गैरहेको जिल्ला प्रहरी कायार्लय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस