सल्यान प्रहरी भन्छ : कोटमौलामा भेटिएको बस्तु ‘ओयदर बेलुन’

सल्यान ११, साउन ।
सल्यानको बागचौर नगरपालिका ९ कोटमौलाको परिलेखमा भेटिएको अनौठो बस्तु ‘ओयदर बेलुन’ भएको प्रहरीले जनाएको छ । सोमबार दिउसोँ मानव बस्ती नजिकै रहेको जंगलमा भेटिएको अनौठो बस्तु ‘ओयदर बेलुन’ भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले कोटमौलामा भेटिएको बस्तु मौषम सम्बन्धि तथ्यांक संकलन कार्यमा प्रयोग गरिने ‘ओयदर बेलुन’ रहेको बताउनुभएको छ । ‘मौषम सम्बन्धि जानकारी लिनलाई वनाइएको ‘ओयदर बेलुन’ भएको आशंका छ, मौषम बिज्ञान बिभागले मौषम सम्बन्धि जानकारी लिनलाई दैनिक रुपमा एउटा बेलुन छोड्ने रहिछ, सबै क्षेत्रसँग बुझ्दा ‘ओयदर बेलुन’ भएको जानकारी आएको छ’ उहाँले भन्नुभयो ।

जसमा ५ मिटर जति लामो भएको सेतो बेलुन, ३५ मिटर जतिको डोरीमा १/१ किलोको २ वटा बक्स लगाएतका बस्तु रहेको उहाँले सल्यान टुडेलाई जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट पाथिहाल्नाबाट गएको प्रहरी टोली परिलेखमा पुगेर त्यसलाई सुरक्षित साथ प्रहरी कार्यालयमा ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यायल सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस