रेडक्रसद्धारा सिद्धकुमाख गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सल्यान १३, साउन ।
सल्यानको सिद्धकुमाख गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाइ न्यूनिकरण गर्नको लागि नेपाल रेडक्रस सोशाइटी सल्यान, ढोरचौर उपशाखाले गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

जसमा १० थान पिपिई सेट, २ थान थर्मल गन र २ थान अक्सिमिटर गाउँपालिकालाई उपलव्ध गराइएको उपशाखाका सचिव गोविन्द कमल धितालले जानकारी दिनुभएको छ । स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले नेपाल रेडक्रस सोशाइटी सल्यान उपशाखा ढोरचौरलाई धन्यवाद प्रकट गर्दै आगामि दिनमा पनि विपद् न्यूनिकरणका कार्यमा सँगै सहकार्य गरेर अगाडि वढ्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस