पर्यटनको नयाँ आयाम : सल्यानको माल्नेटा–ढारखानी (फोटो फिचर )

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान १३, सााउन ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशको अनुपम स्थल हो सल्यान जिल्ला । जस मध्य सल्यानको शारदा नगरपालिकामा पर्ने माल्नेटा ढारखानी पनि एक हो । पहाडि भुभाग, हरियो वनजंगल, अग्लाहोचा हरिया चौर, कृषि भुमि, गाउँले परिवेश, चिटिक्क मिलेका मौलिक घरहरु, अदुवा र टिमुरको बासनादार बाहार, लहरै मिलेका डाँडाहरु यस क्षेत्रका प्रमुख बिशेषता हुन् ।

सल्यानको माल्नेटा अदुवाका लागि नेपाल लगायत एसियाकै प्रख्यात ठाउँ मानिन्छ । माल्नेटाबाट मात्र वार्षिक १० करोड भन्दा बढी मूल्य बराबरको अदुवा निकासी हुने गर्दछ । यहाँको अदुवा नेपालका विभिन्न ठाउँहरु लगायत भारतमा समेत निर्यात हुने गरेको पाइन्छ । अदुवा, सिमि, टिमुर, कोदो, मकै, गहुँ जस्ता नगदे बालिहरु उत्पादन हुने यो क्षेत्रमा प्रचुर मात्रामा सिस्नो समेत पाइने गर्दछ ।

रेशाविहीन अदुवा पाइने यो क्षेत्र नजिकै रहेको पिपल चौतारो क्षेत्रमा अहिले दिनुह जसो आन्तरिक पर्यटकहरुको बाक्लो घुइँचो लाग्ने गरेको छ । होम स्टेको समेत सम्भावना बोकेको यो ठाउँ र यहाँको प्रकृतिले अहिले पर्यटकलाई आकर्षण गरिरहेको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको एक टुक्रा सल्यान जिल्लाको शारदा नगरपालिकामा पर्ने माल्नेटा ढारखानी आसपासमा कैद गरिएका हेर्नुहोस् यी २० मनमोहक तस्वीरहरु :

 

 

 

 

प्रतिक्रिया दिनुहोस