खलंगा-कुपिण्डे-बालुवा संग्रही सडक दिउसोँ बन्द

सल्यान १४, साउन ।
सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने खलंगा कुपिण्डे बालुवा संग्रही सडक बन्द भएको छ । आज देखी साउन २२ गते सम्म गरेर एक सातालाई दिउसोँको समयमा सडक पुर्ण रुपमा गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । पुर्वाधार बिकास कार्यालय सल्यानको पत्रानुसार खलंगा कुपिण्डे बालुवा संग्रही सडक स्तरोन्नती गर्नुपर्ने भएकाले बिहान १० वजे देखी बेलुकी ५ बजेसम्म सवारीसाधन आवागमण पुर्णरुपमा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बर्षातका कारण सडकमा पहिरो झरेको र सवारीसाधनको आवातजावतमा समस्या भएकाले सडक बन्द गरेर कटिङ शुरु गरिएको जानकारी दिनुभयो । खलंगाबाट कुपिण्डे ताल सम्म जानको लागी कुनै समस्या नभएपनि बाबियाचौर देखी ढोरपिपल सम्मको सडक भने जोखिमपुर्ण रहेको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस