सल्यान १६, साउन ।
सल्यानको दार्मा गाउपालिकामा १५ शैयाको आइसोलेसन भवन निर्माण गरिएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ३ थुम्केसल्लीमा कर्णाली प्रदेश सरकारको रु. ५० लाख लागतमा १५ शैयाको आइसोलेसनमभवन निर्माण गरिएको हो । कोभिड १९ को तेस्रो चरणबाट हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न भन्दै आइसोलेसन निर्माण गरिएको गाउपालिकाले जनाएको छ ।
कोरियन प्रविधिबाट ६० दिनमा भवन निर्माण कार्य सम्पन्न भएको गाउपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । कोरोना भाइरसको तेस्रो संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पूर्वतयारी स्वरुप भवन निर्माण गरिएको उहाँको भनाई छ ।
कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माको बिशेष पहलमा भवन निर्माण गरिएको हो । यसैबिच भवनको शुक्रवार उद्घाटन गरिएको छ । सो अवशरमा बोल्दै कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले कोरोना महामारीको समयमा जनताको रक्षा गर्नु सरकारको पहिलो कतव्र्य भएको बताउनुभएको छ ।