मोटरसाइकल दुर्घटना हुदाँ सल्यानको लेखपोखराका एक जनाको मृत्यु

सल्यान १६, साउन ।
सल्यानमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका ६ शारदा पुल नजिकैँ आज अपह्वान्न ४ बजे तीर मोटरसाइकल दुर्घटना हुदा छत्रेश्वरी गाउपालिका ५ लेखपोखरा, चौरपानीका अन्दाजी २२।२३ बर्षका शालिक बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लेखपोखरा बाट लान्ती तर्फ जादै गरेको प्रदेश नम्बर ३, ०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक समेत रहेका उनलाई दुर्घटनामा परेर गम्भिर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याउदाँ अस्पतालले मृत घोषणा गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस