चार जिल्लाका साहित्यकारको लागि ‘शेर सिमानामा’ कार्यक्रम आयोजना हुदैँ

सल्यान १८, साउन ।
सल्यान, सुर्खेत, रुकुम पश्चिम र जाजरकोट जिल्लाका साहित्यकारहरुको लागि ‘शेर सिमानामा’ कार्यक्रमको आयोजना गरिएको छ । सल्यान कला साहित्य परिषदको आयोजना, जाजारकोटी साहित्य आवाजको समन्वय र छेगागाड नगरपालिका १२ मनघाटको आर्थिक सहयोगमा जाजारकोट जिल्लाको छेडागाड नगरपालिकाको मनघाटमा ‘शेर सिमानामा’ कार्यक्रमको आयोजना गरिएको हो ।

आगामी साउन ३० गते शनिवारका दिन मनघाटमा सञ्चालन हुने कार्यक्रममा चार जिल्लाका साहित्यकारहरुले गजल वाचन गर्ने कार्यक्रम तय गरिएको सल्यान कला साहित्य परिषद अध्यक्ष भरत रोकाय एक्सनले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रममा ४ जिल्लाका ५/५ जना सर्जकहरुले गजल वाचन गर्न पाउनेछन् ।


कार्यक्रममा सल्यानका इन्द्रा बस्नेत, ओमप्रकाश देवकोटा, शुनिल राना ‘विरही’, टोप घर्ती ‘अनुरागी’ र डिल्लीराज केसी, जाजरकोटबाट दुर्गा भण्डारी, जनक चन्द ‘ऋतु’, दिपेन्द्र सिंह ‘दिप’, पुष्कर पराग चन्द, र गणेश ‘अनुपम’ गजल वाचन गर्नुहुने छ । यस्तै रुकुम पश्चिमका शिरशिर केसी, जमुना गौतम, विनोद खड्का, सिर्जना शर्मा र दिलिप वावु खड्का तथा सर्खेतका रमेश चन्द कुसुम, घनश्याम राना ‘ऋतु’, सावित्री स्वप्रिल, मौसमजी भण्डारी र सिर्जना खत्रीले गजल वाचन गर्ने कार्यक्रम तय भएको छ ।
हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान भन्ने नाराका साथका आयोजना गरिएको कार्यक्रमले साहित्य क्षेत्रको संरक्षण र उत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस