पत्रकार वलीद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग

सल्यान १९, साउन ।
सल्यानका एक पत्रकारले मृगौला पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको दार्मा गाउपालिका घर भएका नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समिति सदस्य कृष्ण वलीले मृगौला पिडित शारदा नगरपालिका वडा नम्बर ५ रातामाटा निबासी ३६ बर्षिय पुष्कर जंग बुढाथोकीलाई आर्थिक सहयोग गर्नुभएको हो ।
विगत ९ महिना देखि अस्पतालमा उपचाररत रहेका मृगौला पिडित बुढाथोकीलाई १० हजार रुपैँया आर्थिक सहयोग गरिएको पत्रकार वलीले जानकारी दिनुभयो । आफ्नो जन्मदिनको अवशरमा गर्ने फजुल खर्च कटाएर आर्थिक सहयोग गरिएको उहाँको भनाई छ । बुद्ध ईन्टरनल अस्पताल घोराहीमा उपचाररत रहेका मिर्गौला पिडित बुढाथोकीलाई युथ अफ सल्यान फाउन्डेसन मार्फत आर्थिक सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस