कर्णाली प्रदेशका १४ वटा स्वास्थ्य सेवा इकाईको खानेपानी मर्मत तथा सुधार

सल्यान १९, साउन ।
कर्णाली प्रदेशका १४ वटा स्वास्थ्य सेवा इकाईको खानेपानी मर्मत तथा सुधार गरिएको छ । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणदर बढ्दै गएको अवस्थामा यूनिसेफ नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डक) नेपाल द्वारा कर्णाली प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य सेवा इकाईको खानेपानी मर्मत तथा सुधार क्षेत्रमा सहयोगीको भुमिका खेल्दै आइरहेको जनाइएको छ ।

खास गरेर कर्णाली प्रदेशको सल्यान, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, दैलेख, कालिकोट र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा सरसफाई र खानेपानीको क्षेत्रमा विभिन्न कामहरु गरिरहेको किर्डाक नेपालका कर्णाली प्रदेश कार्यक्रम व्यवस्थापक नबिन शाहीले जानकारी दिनुभयो । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने उद्धेश्यका साथ खानेपानी तथा सरसफाई सम्बन्धि मर्मतसुधार क्रियाकलाप सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । किडार्क नेपालले खानेपानी धारा÷हेण्डबास स्टेशन र खानेपानी समस्याको समाधानको लागी विशेष सहयोग गर्दै आएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस