सल्यानका महिला उद्यमीहरुलाई उद्यम सञ्चालनको लागि पुजीँको अभाव

 

सल्यान १९, साउन ।
सल्यानमा सञ्चालित साना तथा मझौला महिला उद्यमीहरुले उद्यम सञ्चालनको लागि पुजीँको अभाव हुने गरेको बताएका छन् । उनीहरुले कृषि, पशु लगाएतका बिभिन्न क्षेत्रमा उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्नको लागि आवश्यक पुजीँको अभाव हुने गरेको बताएका हुन् । सरकारी अनुदान प्राप्त गर्नको लागि आवश्यक सुचना पाउन नसकिने र बैँक तथा बित्तिय संस्थाहरुबाट बिना धितो ऋण नपाइदाँ उद्यम गर्न समस्या भएको बताएका हुन् ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, जाल्पा सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले सल्यानका बिभिन्न क्षेत्रहरुको सर्वेक्षणका क्रममा यस्तो समस्या रहेको जनाएको छ । सर्वेक्षणका क्रममा साना तथा मझौला महिला उद्यमीहरुलाई सामाजिक तथा साँस्कृतिक समस्या भएको, दर्ता विना नै उद्यम सञ्चालन गरेको, नयाँ प्रविधि सम्बन्धि ज्ञानको कमी भएको लगाएतका समस्या भोगेको बताएका छन् ।

सल्यान जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणको नतिजा माथि छलफल गर्न तथा स्थानिय सरोकारवालाहरुको आवश्यक सुझाव प्राप्त गर्न मंगलवार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले महिला उद्यमीहरुको उद्यमलाई थप व्यवस्थित र परिस्कृत गर्न नगरपालिका तयार रहेको बताउनुभएको छ ।

महिला आत्मनिर्भर भएमात्रै आर्थिकस्तर माथि उकास्न सकिने भएकाले दर्ता गरेर मात्रै उद्यम सञ्चालन गर्नुपर्ने र यसको लागि आवश्यक सहजीकरण गर्न नगरपालिका तयार रहेको उहाँले बताउनुभएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले महिला उद्यमशिलताको विकास नहुदाँ सम्म आर्थिक विकास पनि नहुने र महिलाहरु पनि आत्मनिर्भर नवन्ने बताउनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव आरके सितलले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस