साना किसान कृषि सहकारी संस्था कपुरकोटको एक बर्षमा २३ लाख नाफा

सल्यान २०, साउन ।
सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक बर्षमा २३ लाख रुपैँया बढी नाफा गरेको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा बार्षिक खाताबन्दी मा २३ लाख १३ हजार रूपैयाँ नाफा गरेको सहकारीले जनाएको छ । यस सहकारीमा हाल १ करोड ४७ लाख ५३ हजार रुपैँया शेयर रकम रहेको छ ।

यस्तै सहकारीमा निक्षेप ४ करोड ८२ लाख ३२ हजार र जगेडा कोषमा ६५ लाख ३८ हजार रुपैँया रहेको सहकारीका प्रबन्धक तिर्थ राज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस सहकारीको लगानी १३ करोड ४८ लाख २१ हजार रहेको छ । यस सहकारीमा महिला १ हजार ५१ जना र पुरूष संख्या ४ सय ७१ जना गरेर १ हजार ५ सय २८ जना शेयर सदस्य रहेका छन् ।

यस्तै यस सहकारीमा २ सय २८ वटा समूह रहेका छन् । कृषिको उत्पादन, व्यवसायीकरण, बजारिकरण र साना उद्यमका माध्यमबाट आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक, शैक्षिक एवं सांस्कृतिक उन्नतिका लागि सहकारीले काम गर्दै आएको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस