सल्यान ट्राफिक प्रहरीद्धारा ४६ लाख रुपैँया बढी राजस्व संकलन

सल्यान २१, साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले एक बर्षको अवधिमा जिल्लाभर ४६ लाख बढी राजस्व संकलन गरेको छ । नियम विपरित संचालन भएका ४ हजार ६ सय १६ वटा सवारीसाधनलाई कारवाही गर्दा ४६ लाख ३४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । जसमा ५ सय ९४ वटा बस कारवाहीमा पर्दा ६ लाख १ हजार, ५ सय १८ वटा ट्रक कारवारीमा पर्दा ५ लाख २२ हजार रुपैँया राजस्व संकलन भएको छ ।

यस्तै ७ सय ३२ वटा जीप कार कारवाहीमा पर्दा ७ लाख ३५ हजार, ३ सय ८७ वटा ट्याक्टर कारवाही हुदाँ ३ लाख ८७ हजार ५ सय र २ हजार ३ सय ४५ मोटरसाइकल, अटो लगाएतका सवारीसाधन कारवाहीमा पर्दा २३ लाख ८९ हजा रुपैँया राजस्व संकलन भएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा ३ हजार ६ सय ५८ वटा सवारीसाधन कारवाहीमा पर्दा ३२ लाख ६८ हजार ५ सय रुपैँया राजस्व संकलन भएको थियो ।

यस्तै आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाभर ९ हजार ९ सय ८२ वटा सवारीसाधन कारवाहीमा पर्दा ५६ लाख ५५ हजार ५ सय रुपैँया राजस्व संकलन भएको थियो । हेल्मेट नलगाउने, अनावश्यक ठाउँमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोक्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने सवारीसाधनलाई कारवाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस