नेपाल पत्रकार महासंघ सल्यानले पत्रकार राहत कोष स्थापना गर्ने

फोटो : श्रवन देवकोटाको फेसबुकबाट

सल्यान २२, साउन ।
सल्यानमा पत्रकार राहत कोष स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले जिल्लामा रहेका पत्रकारहरुले वहन गर्दै आएको जोखिमलाई मध्यनजर गर्दै पत्रकारहरुको हितको लागि पत्रकार राहत कोष स्थापना गर्ने भएको हो । शुक्रवार जिल्लाको सदरमुकाम खलंगा स्थित महासंघको भवनमा सम्पन्न दोस्रो पुर्ण बैठकले तत्काल पत्रकार राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पत्रकाहरुलाई आइपर्न सक्ने विपद् तथा संकटमा उनीहरुको सहजताको लागि पत्रकार राहत कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । उहाँले जिल्लामा सबै पत्रकारहरुको हितको लागि यसैबर्ष देखी राहत कोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले यस आर्थिक बर्ष २०७८ सालको लागि शनिवार देखी सदस्यता नविकरण गर्न सुचना जारी गर्ने निर्णय गरेको छ । जिल्ला शाखा अध्यक्ष पौडेलको अध्यक्षतामा भएको बैठकमा सल्लाकारहरु प्रतिक इच्छुक शर्मा, मिना बुढाथोकी, प्रदेश समिती सदस्य कृष्ण बहादुर वलीको उपस्थिती रहेको थियो । बैठकको सहजिकरण शाखाका सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस