सल्यानको झिम्पेमा खहरे खोलाले बगाउदाँ छोराको मृत्यु : आमा घाइते

फाइल फोटो

सल्यान २४, साउन ।
सल्यानमा खहरे खोलाले बगाउदा एक बालकको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ झिम्पे, जुरढुंगा घर भएका अन्दाजी १२ बर्षिय छोरा ओमकार वलीको मृत्यु भएको छ भने करिब ३२ बर्षिय आमा दिलसरा वली घाइते हुनुभएको छ ।

शनिवार दिउसोँ करिब ३ बजे तीर जंगलबाट गाइबस्तु चराएर घर फर्किदैँ गर्दा स्थानिय चोरपाटा खोलाले गोगनपानी भन्ने स्थानबाट आमा र छोरा दुबै जनालाई बगाएको थियो । तर करिब ३० मिटर तलसम्म बगेर आमा बच्न सफल भएपनि छोराको भने करिब ४ सय मिटर तल शव भेटिएको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नेव बहादुर खड्काले सल्यान टुडेलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलाले बगाएर घाइते भएकी आमाको जयचौरमा उपचार गरिएको छ । छोराको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित