दुरुमखोलामा नेकपा एमालेको ९ सदस्यीय टोल कमिटी गठन

बिभिन्न पार्टी परित्याग गरेर झण्डै एक दर्जन नेकपा एमालेमा प्रवेश

सल्यान २४, साउन ।
नेकपा एमालेले सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुँलामा टोल कमिटी बिस्तार शुरु गरेको छ । लामो समय सम्मको पार्टीको आन्तरिक विवादका कारणका पार्टीका कमिटी बिस्तार, भेला तथा प्रशिक्षण लगाएतका कार्यहरु सञ्चालन गर्न समस्या भैरहेको बेला बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ निगालचुँलाको दुरुमखोलामा भने टोल कमिटी गठन गरिएको छ ।

जसमा कमल वलीको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । यस्तै महेन्द्र बिकको अध्यक्षतामा ५ सदस्यीय युवा संघ गठन गरिएको छ । सो अबशरमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तथा एमाले नेता गोबिन्द डाँगी, तुलसी प्रसाद वली लगाएतको सहभागिता रहेको थियो ।

सो अबशरमा बिभिन्न पार्टी परित्याग गरेर झण्डै एक दर्जनले नेकपा एमालेमा प्रवेश गरेका छन् । जसमा शेर बहादुर खड्का, गंगाराम खत्री, ओबिर खड्का, रेशम खड्का, महेन्द्र बिक, तिलक बिक, राजकुमारी बिक, बिमला बिक, रुपकला बिक लगाएतका रहेको वडाअध्यक्ष डाँगीले जानकारी दिनुभयो । उहाँले वडाका सबै टोलहरुमा पुगेर कमिटी बिस्तार गरिने जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस