सल्यान २५, साउन ।
सल्यान जिल्ला कर्णाली प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो । सल्यानमा अहिले १० स्थानीय तहहरु रहेका छन् । जसमध्य तीन नगरपालिका र सात गाउँपालिका छन् । यहाँको प्राकृतिक सुन्दरता दुरुस्त छ । यहाँका ग्रामीण क्षेत्रमा बनेका मौंलिक घरहरुले गाउँले परिवेशको झझल्को दिन्छ ।
बर्खा याम, चारैतिर हरियाली, सुन्दर सल्लेरी पाखा, घर नजिकै ढप्पक मकैंले ढाकेका बारीहरु, लहरै मिलेका घरहरु, खोलानाला नजिकैका समथर फाँटमा बनेका सुन्दर घरहरूको दृश्याअवलोकनले जो कोहीको मन मोहित बनाएरै छोड्छ ।
सल्यानमा पछिल्लो समय ग्रामीण क्षेत्रमा कमै मात्रामा मौलिक घरहरु देख्न सकिन्छ । यहाँका घरहरुमा प्राय ढुङ्गा, माटो, खर, जस्ता आदीहरु राखेर घर छाउने चलन बढी रहेको पाइन्छ । घरका बार्दली, झयाल र ढोकाहरुमा स्थानीयस्तरमै पाइने सल्ला, साल, कटुस, जस्ता दारहरु बढि प्रयोग हुने गरेको पाइन्छ ।
तर सल्यान जिल्लाका ग्रामिण भेगमा समय परिवर्तन सँगै अहिले टिनका जस्तापाता र सिमेन्टले पलस्तर गरेका घरहरू बढी मात्रमा देखिन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा अहिले कमै मात्रामा ढुङ्गाले छाएका घरहरु देखिनुको मुख्य कारण स्थानीय स्तरमा कम मात्रामा पाइने ढुङ्गा खानी नै हो ।
बजारमा सजिलै पाइने जस्तापाता र सिमेन्ट र टिनले छायका घरहरु पक्की हुन्छन् भन्ने मनसाय भएका कारण पनि सल्यानी मौंलिक घरहरूमा मौंलिकता हराउँदै गएको हो । जसले गर्दा सल्यानी मौंलिक घरहरू लोप हुने अवस्थामा पुगेका छन् ।
तस्वीरमा हेर्नुहोस सल्यानका केही मौलिक घरहरु :