सल्यान २६, साउन ।
नेकपा एमालेको भातृसंगठन नेपाल उत्पिडित जातीय मुक्ति समाज कर्णाली प्रदेशको अध्यक्षमा बसन्त कुमार बिश्वकर्मा चयन हुनुभएको छ । नेकपा एमालेका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा नेपाल उत्पिडित जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष गणेश बिकको बिशेष सहभागितामा सम्पन्न भर्चुअल बैठकले सुर्खेतका बसन्त कुमार बिश्वकर्माको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा सल्यानका भिउसेन नेपाली, जुम्लाका मानसिंह सुनार र मुगुका बलराम सहनी रहनुभएको छ । यस्तै सचिवमा सल्यानका निम बहादुर नेपाली, सहसचिवमा दैलेखका अमर सुनार र डोल्पाका गोपाल बिक रहनुभएको छ भने कोषाध्यक्षमा सुर्खेतका मन बहादुर बिक तथा सहकोषाध्यक्षमा सुर्खेतकै पार्वती नेपाली रहनुभको छ । बैठकले १ सय ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको सचिव निम बहादुर नेपालीले जानकारी दिनुभयो ।