नेकपा एमालेको नेपाल पक्षिय युवाहरुको प्रदेश स्तरीय भेला सुर्खेतमा हुदैँ

सल्यान २९, साउन ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षिय युवाहरुको भेला सुर्खेतमा हुदैँ छ । पार्टी भित्रको आन्तरिक विवादका कारण पार्टी फुटको संघारमा पुगेको बेला युवा संघ नेपालको कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा हुन लागेको हो । सुर्खेतको बौद्ध सहकारी हलमा ९भोली० शनिवार बिहान ११ वजे देखी कर्णाली प्रदेशका दश वटै जिल्लाका युवाहरुको भेला हुन लागेको हो ।

युवा संघको भेलालाई नेकपा एमालेका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले संबोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै भेलालाई पार्टीका नेताहरु अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा, युवा संघ नेपालका केन्द्रिय नेताहरु संबोधन गर्ने कार्यक्रम तय भएको छ ।

भेलामा सहभागि हुनको लागि जिल्ला जिल्लाबाट युवाहरु सुर्खेतमा आउन थालेको युवा संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष अनिल बोगटीले जानकारी दिनुभयो । उहाँले युवाहरुको भेलाबाट नै प्रदेश कमिटी गठन गरिने जानकारी दिनुभयो । यसैविच शनिवार हुने युवा संघ नेपालको प्रदेश स्तरीय भेलाको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित