सुर्खेत ३०, साउन ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले केपी ओलीले अहमता नत्यागे सम्म पार्टी एक हुन नसक्ने बताउनुभएको छ । पार्टीलाई एकलौटी ढंगले संचालन गर्ने र एकलौटी ढंगबाट अगाडि बढेमा पार्टी एक भएर अगाडि बढ्न नसक्ने उहाँले बताउनुभएको हो ।
शनिबार नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवा संघ नेपालको कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सुर्खेमा संम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेकपा एमालेका कर्णाली प्रदेश संयोजक एवम् पुर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनु भएका ज्वालाले केपीकै कारण पार्टी र देश संकटमा परेको बताउनुभयो । अहिले देशमा जे जति समस्या आए, त्यो केपिकै कारण आएको हो, देशलाइ संकटमा पुर्याउने देखि पार्टीलाइ एक हुन नदिने खेलमा ओली नै लागेको प्रष्ट छ उहाँले भन्नुभयो यसका विरुद्धमा एक भएर लाग्न युवाहरुलाई आग्रह गर्दछु ।
ज्वालाले अहिले कै अवस्थामा नेपाल पक्षले राखेका मागहरूको सम्बोधन नगरे पार्टी एक हुन नसक्ने बताउनुभयो । उहाँले पार्टीमा समान हैसियत, समान अस्तित्व र राजनीतिक मुद्दाको किनारा नलाग्दा सम्म पार्टी एक हुनै नसक्ने बताउनुभयो ।
नेपाल पक्षीय केन्द्रिय समितीको बैठकले पार्टी एकतालाइ जोगाउन हरसम्मत पहल गर्ने निर्णय गरेर अगाडि बढ्दाबढ्दै पनि पार्टी एकतालाई भाँडेर ओली पक्षले बिधान संशोधन लगाएतका एक पक्षीय निर्णय गरेर अगाडि बढेको छ उहाँले भन्नुभयो ओलीले गरेको गल्तीको स्वयम ओलीले नै माफी नमागे सम्म एक भएर बस्न सकिदैन । ज्वालाले पार्टी गम्भीर संकटमा परेकाले पार्टी एकताको पक्षमा एकजुट हुन युवाहरुलाइ आग्रह पनि गर्नुभयो ।