साहित्य क्षेत्रको संरक्षण र प्रर्वद्धन गर्न ‘शेर सिमाना’ कार्यक्रम सम्पन्न

सल्यान ३१, साउन ।
साहित्य क्षेत्रको संरक्षण र प्रर्वद्धनको लागि आयोजना गरिएको शेर सिमाना कार्यक्रम सम्पन्न भएको छ । सल्यान कला साहित्य परिषदको आयोजना, जाजारकोटी साहित्य आवाजको समन्वय र छेगागाड नगरपालिका १२ मनघाटको आर्थिक सहयोगमा जाजारकोट जिल्लाको छेडागाड नगरपालिकाको मनघाटमा ‘शेर सिमानामा’ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख लालबहादुर महतारा, नगर उपप्रमुख सरिता वली, साहित्यकार पुर्ण समीर महतारा, सल्यान कला साहित्य परिषद्का संस्थापक लोकेश जलन लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले साहित्य क्षेत्रलाई माथि उकास्नको लागि शेर सिमाना कार्यक्रम कोषेढुंगा सावित भएको बताउनुभएको छ । साथै साहित्यिक रचनामा कमल चलाउने नयाँ पुस्ताहरुलाई यसमा सरिक हुनको लागि यो कार्यक्रम महत्वुपर्ण भएको बताउनुभएको छ ।

कार्यक्रममा सल्यान, सुुर्खेत, जाजरकोट र पश्चिम रुकुम गरि चार जिल्लाका साहित्यकारहरुले गजल वाचन गरेका थिए । सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय ’एक्सन’ को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सल्यान कला साहित्य परिषद्का सचिव शान्ता बिसीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यको क्षेत्रमा कलम चलाउने र साहित्यमा रुचि राख्नेहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस