शैक्षिक तथा स्वास्थ्य सामाग्री बिद्यालयलाई हस्तान्तरण

सल्यान ४, भदौँ ।
सल्यानको एक बिद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । शुक्रवार जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ लेखटाकुरामा रहेको सिर्जनशिल प्राथामिक बिद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । बिभिन्न व्यक्ति तथा वातावरण संरक्षण शिविर ललितपुरको सहयोग र स्थानिय समाजसेवी चन्द्र प्रकाश बुढा मगरको पहलमा बिभिन्न दश प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।


जसमा व्यक्तिगत रुपमा ३२ इन्चको टिभि एक थान र संस्थाको तर्फबाट स्यानिटाइजर, स्पेय ट्यांकी, मास्क, ग्लोभ्स, कापी, पेन्सिल लगाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । बिद्यार्थीहरुको पठनपाठन कार्यमा सहयोग पुर्याउने उद्धेश्यले ती सामाग्रीहरु प्रदान गरिएको जनाइएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोपेन्द्र बुढा मगरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा अतिरिक्त हुलाक कार्यालय स्यानिखालका इन्चार्ज टेक बहादुर वली, स्वास्थ्यचौकी स्यानिखालका इन्चार्ज नर बहादुर बुढा लगाएको सहभागिता रहेको थियो ।


यसैविच बिद्यालयलाई हस्तान्तरण गरिएका ती शैक्षिक सामाग्रीहरु बिद्यालयमा अध्ययनरत १ सय २ जना बिद्यार्थीहरुलाई वितरण गरिएको छ । कार्यक्रमको सहजीकरण शिक्षक झक्कु प्रसाद वलीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित