जिल्ला प्रशासन कार्यालय सल्यानद्धारा अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

सल्यान ५, भदौँ ।
अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सल्यान घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।

‘सल्यानबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिको उद्धारका लागि हामीले विवरण सङ्कलन कार्य सुरु गरेका छौँ’ उहाँले भन्नुभयो ‘यसका लागि अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउनुपर्ने छ ।’ जसबाट आवश्यक समन्वय तथा उद्धारमा सहज हुने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस