खोलाले बगाउदाँ सल्यानमा एक जनाको मृत्यु

सल्यान ८, भदौँ ।
खोलाले बगाउदाँ सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका– वडा नम्बर ४ निवासी ५१ वर्षीय लिलाधर शर्माको स्थानीय मर्मखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घरबाट रागेचौर तर्फ जाँदै गर्दा स्थानीय मर्मखोलामा बगेर बेपत्ता भएका उनको शान्ती बजार स्थित खोलाको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस