पर्यटनको नयाँ गन्तव्य : बागचौरको अग्ला टाकुरा भ्यू-टावर (फोटो फिचर)

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान ८, भदौँ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्ला प्राकृतिक सौन्दर्यताका हिसाबले निकै धनि जिल्ला मानिन्छ । जस मध्य बागचौर नगरपालिका एक हो । अहिले बागचौर नगरपालिकाले निर्माण गरिरहेको अग्ला टाकुरा भ्यू टावरको निर्माण कार्य तिब्र रुपले अगाडि बढिरहेको छ । डाँगी जातिको उद्गम स्थलका रुपमा परिचित लस्तम नजिकै बन्न लागेको अग्ला टाकुरा भ्यू टावरमा दिनहुँजसो अहिले पर्यटको संख्यामा वृद्धि हुँदै गएको छ । अहिले सल्यानको यो ठाउँलाई पर्यटनको नयाँ आयाम समेत मान्न थालिएको छ ।

अहिले भ्यू टावर नजिकै विपद र जिखिममा परेका मानिसहरुको उद्वार गर्न सहज होस् भन्ने हेतुले नगरपालिकाले हेलिप्याड पनि निर्माण गरिरहेको छ । नेपाल आर्मीको श्रममा अहिले हेलिप्याड निर्माण भइरहेको छ । सबुज गण सिमखर्क सल्यानबाट खटिएको क्याप्टेन दिपक बुढाथोकीको टिमले हेलिप्याड निर्माण गरेको हो । नेपाल आर्मीले अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नाइट ल्यान्डिङ सहितको हेलिप्याड अग्ला टाकुरा भिउँ टावरमा निर्माण गरेको हो ।

भिउँ टावर बाट बागचौर नगरपालिकाका १२ वटै वडा लगायत रुकुम, रोल्पा, जाजरकोट सम्मका भुभागको सुन्दर दृश्याअवलोकण गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण बागचौर नगरपालिका वडा.न २ अग्ला टाकुरा भ्युटावर आसपासबाट देखिने हेर्नुहोस् यी २० मनमोहक तस्वीरहरु :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस