जनपत्रकार संगठन नेपाल सल्यानको अध्यक्षमा डिसी सर्वसम्मत निर्वाचित

सल्यान १२, भदौँ ।
जनपत्रकार संगठन नेपाल जिल्ला समिति सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिवार जिल्लाको सदरमुकाम खलंगामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो । तेस्रो जिल्ला सम्मेलनले बिरेन्द्र डिसीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा खकेन्द्र केसी र चन्द्रकला बुढाथोकी, सचिवमा कमल डाँगी, सहसचिवमा सागर बस्नेत र कोषाध्यक्षमा रबिन्स महतरा रहनुभएको छ ।

यस्तै सदस्यहरुमा आनन्द प्रेम बस्नेत, टिकाराम वली, प्रेम लाल डाँगी, कमल बुढाथोकी, प्रदिप मगर, रोशन वली, प्रेम वली, सुरेश भारती, ज्ञानु डाँगी, दिपक खड्का, कमल खड्का रहनुभएको छ । यस्तै सल्लाहकारमा योगराज विश्वकर्मा र टीका केसी रहनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस