सल्यान १४, भदौँ ।
कोरोना जोखिमका कारण सल्यानमा रहेका कृष्ण मन्दिरहरु सुनसान जस्तै बनेका छन् । केही बर्ष पहिलेसम्म श्रीकृष्ण जन्माष्टमीका दिनमा निकै चहलपहल हुने जिल्लाका दर्जन बढी मन्दिरहरु यस बर्ष भने सुनसान जस्तै बनेका हुन् । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र पुजा गर्नेहरुको उपस्थिती रहेको छ ।
जिल्लामा श्रीनगर, लुहाम, लान्तिवजार, देवस्थल लगाएका बिभिन्न स्थानहरुमा रहेका कृष्णमन्दिरहरुमा भक्तजनहरुको कमै मात्रामा उपस्थिती रहेको छ । बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थलमा रहेको कृष्ण मन्दिर पनि सुनसान वनेको छ । विगतका बर्षहरुको आजकै दिनमा निकै ठूलो मेला लाग्ने यहाँ यस बर्ष भने सुनसान बनेको छ ।
कोरोनाका कारण विगत दुइ बर्ष देखी बन्द रहेको यस्ता धार्मिक मठमन्दिरको संरक्षण गर्न भने सरोकारवाला निकाय मौन रहेका छन् । यसैविच जन्माष्टमीका अबशरमा जिल्लाका बिभिन्न ठाँउहरुमा भने लाखे नाच लाग्ने गरेको छ ।