अविरल वर्षाका कारण मुख्य सडकहरु अवरुद्ध

सल्यान १४, भदौँ ।
अविरल वर्षापछि आएको वाढी तथा पहिरोका कारण सल्यानबाट अन्तरजिल्ला जोडिने मुख्य सडकहरु अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण मुख्य सडक देखि ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध वनेका छन् । जसमा वालुवासँग्रही देखी सल्यान खलंगा सडक खण्डको ज्यामिरेमा पहिरो झरेपछि सडक अवरुद्घ भएको छ । यस सडक खण्डको ज्यामिरेमा ठुलो पहिरोले सडक अवरुद्ध पारेको वावियाचौर प्रहरी पोष्टले जानकारी दिएको छ । सडक सुचारू पार्नकै लागि बनगाड कुपिण्डे नगरपालिकाको कार्यालयमा जेसिविको लागि निरन्तर फोन गरे पनि सम्पर्क हुन सकेको छैन् ।

यस्तै सल्लिवजार देखी रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि अबरुद्ध भएको छ । नयाँ सडक स्तरवृद्धि हुदै गरेको ठाउँमा पहिरो आएको छ । सल्लिवजार र सुनौली वजार विच क्षेत्रमा सडक अवरुद्ध छ । स्थानीयले विहानै देखि नगरपालिका र सडकमा काम गरिरहेको निर्माण कम्पनीलाई सडक सुचारुका विषयमा सम्पर्क गर्दा त्यहाँ पनि खासै चासो नदिएको दुखेसो रहेको छ ।

यस्तै छिन्चु जाजरकोट सडक खण्डको रैकर नजिकै सडक अवरुद्ध भएको छ । यस सडक खण्डमा भने अहिले जेसिविले पहिरो पन्छाइ रहेको यात्रु जीवन रानाले जानकारी दिनुभएको छ । माथिल्लो भागमा सडक खन्दा मुख्य सडकमा पहिरो, माटो सहितको लेदो आउने गरेको छ । जसका कारण सडक अबरुद्ध हुने गरेको स्थानियको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस