सल्यान १५, भदौँ ।
सल्यानमा १४ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार भन्ने आदर्श वाक्यका साथ जिल्लामा भर्चुअल माध्यमबाट बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाइएको हो । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागी कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लाभरका बिभिन्न बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
जसमा कक्षा १ देखी ५ सम्ममा अध्ययनरत बिद्यार्थीहरुका विचमा भएको भर्चुुअल कथावाचन प्रतियोगितामा जनकल्याण नमुना माद्यामिक बिद्यालय थारमारेमा कक्षा २ मा अध्ययनरत बिन्दु शर्मा, सिर्जनशिल प्राथामिक बिद्यालय शारदा नगरपालिका १३ लेखटाकुरामा कक्षा ३ मा अध्ययनरत निरुता घर्ती मगर, ब्राइट पर्ल एकेडेमी सितलपाटीमा कक्षा २ मा अध्ययनरत युनिका भण्डारी र कृष्ण माद्यामिक बिद्यालय पोखरीडाँडामा कक्षा ४ मा अध्ययनरत एकता केसी उत्कृष्ट ४ मा पर्नुभएको छ ।
कक्षा ६ देखी ८ सम्मका बिद्यार्थी सहभागि भएको भर्चुअल बक्तृत्वकला प्रतियोगितामा शिव माद्यामिक बिद्यालय मुलडाँडामा कक्षा ६ मा अध्ययनरत गृष्मजल सुनार, सरस्वती नमुना आधारभूत बिद्यालय बागचौर नगरपालिका १० भाटभिटेमा कक्षा ६ मा अध्ययनरत जीवन केसी, जीवनज्योती माद्यामिक बिद्यालय रिममा कक्षा ७ मा अध्ययनरत अमृता रेउले र सोही बिद्यालयको कक्षा ७ मा नै अध्ययनरत सृष्टि महतरा उत्कृष्ट ४ मा पर्नुभएको छ । पुस्तकालयको प्रयोग र महत्व बिषयमा प्रतियोगिता भएको थियो ।
यस्तै शिक्षक तर्फको कथावाचनमा बालकन्या माद्यामिक बिद्यालय कोटबाराकी शिक्षिका रिता शर्मा, खगेन्द्र आधारभूत बिद्यालय राणागाँउकी शिक्षिका लक्ष्मी वली, कृष्ण माद्यामिक बिद्यालय पोखरीडाँडाकी शिक्षिका सिता लम्साल, बिरेन्द्र माद्यामिक बिद्यालय गर्पाकी शिक्षिका सिर्जना राणा र जीवनज्योती माद्यामिक बिद्यालय रिमकी शिक्षिका लक्ष्मी महतरा उत्कृष्ट पाँचमा पर्नु भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने सबैलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको साक्षरता कार्यक्रमका सहजकर्ता राम बहादुर भण्डारीले जानकारी दिनुभयो । रुम टु रिडका क्षेत्रिय व्यवस्थापक खड्क बहादुर कवरको अध्यक्षता एवम् शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लाल बहादुर घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि यादवचन्द्र निरौला, सबै स्थानिय तहका शिक्षा शाखा प्रमुखहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यस्तै जिल्लाका बिभिन्न बिद्यालयहरुमा समेत सबै कुरा छोडौँ, पुस्तक पढौँ भन्ने अभियान स्वरुप पुस्तक पढ्ने बानीको बिकास गर्न सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सोही अवशरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पढ्ने कार्यमा प्रेरित गर्न पुस्तक वितरण गरिएको बिद्यालयहरुले जनाएका छन् ।