नेकपा एकिकृत समाजवादी सिद्धकुमाखको अध्यक्षमा चलाउने, सचिवमा विक

सल्यान १६, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सिद्ध कुमाख गाउ कमिटीको अध्यक्षमा चित्र बहादुर चलाउने चयन हुनुभएको छ । बुधबार सम्पन्न गाउँपालिका स्तरीय भेलाले चलाउनेको अध्यक्षतामा ५१ सदस्य गाउँ कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा तारा गिरी, सचिवमा लोक बहादुर बिक र उपसचिवमा नन्दलाल बोहरा रहनुभएको छ ।

यस्तै सोही भेलाले गिरीराज रेउलेको अध्यक्षतामा ४१ सदस्यीय युवा संघ नेपाल सिद्ध कुमाख गाउ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा पुनम घर्ती, सचिवमा हेमराज चलाउने, सहसचिवमा खुमा बुढा मगर र कोषाध्यक्षमा राजेन्द्र शाह रहनुभएको छ ।

भेलामा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष उदय बहादुर वोहरा, उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, कर्णाली प्रदेश कमिटी सदस्य भद्र सिंह वुढा, ज्ञानेश्वर के.सी, इश्वरी वुढाथोकी र युबा संघ नेपालका केन्द्रिय सचिब खड्क आचार्यले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित