सल्यान १९, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी जनस्तरमा झनै क्रियाशिल भएर अगाडी बढ्ने बताउनुभएको छ । पार्टी भित्र अहमता, स्वेच्छाचारी, मनोमानी र गुटउपगुट नभएकाले जनस्तर सम्म पनि क्रियाशिल भएर अगाडी बढ्ने बताउनुभएको छ ।
शनिवार सल्यानको शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई खलंगामा संबोधन गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी शक्तिको रुपमा थप सशक्त बनाउदै अगाडी बढ्ने बताउनुभयो । जसका लागि संगठन निर्माण, सुदृढिकरण, कार्यकर्ता भेला तथा प्रशिक्षण जस्ता कार्यमा जोड दिइएको उहाँको भनाई छ । उहाँले राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिदै आफ्नो पार्टी जनस्तरमा झनै क्रियाशिल भएर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका जिल्ला अध्यक्ष उदय बोहराले संविधानको रक्षा र लोकतन्त्र बचाउनको लागि कम्युनिष्ट पक्षधरहरु मिल्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राम खड्की सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्यहरु सिपि वली, इश्वरी बुढाथोकी, टोप बहादुर थापा केन्दिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, केन्द्रिय शहरी विभाग सदस्य इन्द्र कुमार शर्मा लगाएतकाले बोल्नुभएको थियो ।
जिल्ला कमिटी सदस्य हिमेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा राजेश बिकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन यौवन प्रकाश श्रेष्ठले गर्नुभएको थियो । भेलाले हिमेन्द्र बुढाथोकीको अध्यक्षतामा तीन सदस्य पछि थप्ने गरेर ५५ सदस्यीय नगर कमिटी घोषणा गरेको छ ।