सल्यान २०, भदौँ ।
नेपाली काँग्रेस सल्यानको वडाअधिबेशनको लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । भोली सोमबार बिहान ८ वजे देखी बेलुका ५ सम्म हुने अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन समितीले जनाएको छ । जिल्लामा रहेको तीन नगरपालिका र सात गाउँपालिका गरेर दश वटै स्थानिय तहका ८३ वटा वडाहरुमा एकैदिन अधिबेशन हुदैँ छ ।
निर्वाचन अधिकृत सुनिल श्रेष्ठले जिल्लाका ८३ वटै वडाहरुमा एकैदिन हुन लागेको अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभएको छ । जिल्लामा काँग्रेसको अधिबेशनको सरगर्मी बढेको बेला केही वडाहरुमा भने सर्वसम्मती नेतृत्व चयनका लागि पनि छलफल भएको छ ।
जसमा जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ मा धनञ्जय वली र वडा नम्बर १२ मा टिकाराम वलीलाई सर्वसम्मत रुपमा वडासभापति बनाउने सहमति भएको महाधिवेशन प्रतिनिधि दिपेन्द्र खत्रीले जानकारी दिनुभयो । तर निर्वाचन समितीले भने भोली मात्रै घोषणा गर्ने छ ।
यस्तै शारदा नगरपालिका वडा नम्बर १ मा तेज बहादुर श्रेष्ठ, शारदा नगरपालिका वडा नम्बर ११ मा रेशम थापालाई सर्वसम्मत रुपमा वडासभापति वनाउने सहमती भएको जनाइएको छ । यस्तै जिल्लाका अरु वडाहरुमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि क्रियाशिल सदस्यहरुका विचमा छलफल भैरहेको जनाइएको छ ।