सल्यान २०, भदौँ ।
सल्यानको बागचौर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना गरिएको छ । बागचौर नगरपालिकाको बागचौरमा रहेको पार्टी कार्यालयको आइतवार एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीको बागचौर नगर स्तरीय अगुवा कार्यकर्ता भेला पनि सम्पन्न भएको छ । भेलाले प्रेम डाँगीको अध्यक्षतमा ८१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । जसको उपाध्यक्ष रोबर विक, सचिवमा डम्बर भण्डारी, सहसचिव लिलमान भण्डारी रहनुभएको छ । यस्तै रेशम भण्डारीको अध्यक्षतामा ५७ सदस्यीय युवा संघ नेपाल नगर कमिटी घोषणा गरिएको छ ।
कार्यक्रममा पार्टीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, पार्टीका जिल्ला अध्यक्ष उदय बोहरा, जिल्ला उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, उपसचिव भोला केसी, प्रदेश कमिटी सदस्य इश्वरी बुढाथोकी, केन्दिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा लगाएतकाले बोल्नुभएको थियो । यस्तै कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य सिपि वली, प्रेमा अधिकारी, प्रदेश परिषद सदस्य टोप बहादुर चन्द, जिल्ला कमिटी सदस्यहरु, युवा संघ नेपालका केन्द्रीय सचिव खड्क आचार्य, सदस्य ओमकार वली, प्रदेश कमिटी सदस्य टोपेन्द्र वली, अनेरास्ववियु केन्द्रिय सदस्य कृष्ण वली लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।
पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य तथा बागचौर नगर कमिटी संयोजक ज्ञानेश्वर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम डाँगीले गर्नुभएको थियो ।
भेलाले नगरका १२ वटै वडामा ४ जना पदाधिकारी घोषणा गरिएको छ । १११ जनाले पार्टी सदस्य नविकरण गर्नुका साथै, सबै वडामा पार्टी सदस्यता नविकरण तथा वितरणको लागि जिम्मेवारी तोकि कार्य योजना अनुरुप वडा स्तरिय कार्यक्रमको तर्जुमा गरिएको छ ।