सल्यान २१ भदौँ ।
कर्णाली प्रदेशमा पर्ने सल्यानको बागचौर नगरपालिका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपमा धनि नगरपालिका मानिन्छ । जसमध्ये सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको ठाउँ हो बागचौर नगरपालिका वडा नम्बर ८ कोटमौलामा पर्ने रानीपोखरी ।
हरियो चौर, अग्लाहोचा थुम्का, वरिपरि जंगल, गर्मीयाममा पाइने लालिगुरास अनि काफल । जाडोयाममा यो क्षेत्रबाट देखिने रुकुमको सिस्ने हिमाल, सल्यानको कुमाख लेक, बिजयधुरी, ठामरकोट, लसुने लेक लगायत जिल्लाका विभिन्न ठाउँको सुन्दर दृश्याअवोलकन गर्ने सकिने यो ठाउँका प्रमुख विशेषता हुन् ।
जिर्ण हुदै गएको रानीपोखरी अहिले कर्णाली प्रदेश मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विनियोजन रकम रु १५ लाखबाट रानीपोखरी फेरि मर्मत सम्भार गरिएको छ । रानीपोखरी नजिकै परापुर्वकालमा कोटमौंला राजाको बसोबास थियो । पुराना किम्बदन्ती अनुसार र स्थानियहरुको भनाइ अनुसार रानीपोखरीमा गएर दिनहुँ रानीले स्नान गर्ने गर्दथिन् । एकदिन स्नान् गर्ने क्रममा रानीको यसै पोखरीमा डुबेर मृत्यु भए प्रश्चात तत्कालीन राजाले रानीको सम्झनामा यो ठाउँमा मेला लगाउने परम्परा बसालेका हुन् ।
यो ठाउँमा दशै सुरु हुन पूर्व घटस्थापनाको एक दिन अगाडि यहाँ मेला लाग्ने गर्दछ । सल्यान जिल्लामा लाग्ने प्रमुख मेलाहरु मध्य रानीपोखरी मेला पनि एक हो । यहाँ सल्यान लगायत छिमेकी जिल्ला दाङ, रुकुम, रोल्पाबाट पनि मेला हेर्नेको घुइँचो लाग्ने गर्दछ । कोरोना भाइरसका कारण गत बर्ष लाग्न नसकेको मेला यो बर्ष पनि लाग्ने या नलाग्ने भन्ने टुंगो छैन ।
पर्यटकिय संभावनाको नयाँ आयम बोकेको रानीपोखरी साच्चिकै मुस्कुराइरहेको छ । यहाँको प्रकृतिले अलौंकिक हाँसो हासिरहेछ । यो ठाउँ पर्यटकहरुको पर्खाइमा बसिरहेछ ।
प्राकृतिक सौन्दर्यताको अनुप स्थल रानीपोखरीका हेर्नुहोस् २० मनोरम दृश्यहरु :