मोती जयन्तीको अबशरमा सल्यान कला साहित्य परिषदद्धारा फलफूल वितरण

सल्यान २३, भदौँ ।
मोती जयन्तीको अबशरमा सल्यान कला साहित्य परिषदद्धारा फलफूल वितरण गरिएको छ । १५६ औँ मोती जयन्तीको अबशरमा घोराही उपमहानगरपालिका १६ तेरौटे दाङमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा रहेका एक्काइस जना जेष्ठ नागरिकहरुलाई आश्रमकै सभाहलमा पुगेर फलफूल वितरण गरिएको हो ।


विभिन्न मिति र समयमा निरन्तर जिल्लाको र नेपाली साहित्यको उन्नयनका लागि पृथक साहित्य गतिविधि गर्दै आइरहेको यस परिषद्ले यसपटक फलफूल वितरण गरेको जनाएको छ । परिषद्का अध्यक्ष भरत रोकाय ’एक्सन’को अध्यक्षता एवम् आश्रम संचालक समिति अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आश्रम समितिका उपाध्यक्ष पार्वती लोहनी, व्यवस्थापक हिरा शाही, सदस्य कुल बहादुर घर्ती लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । साहित्य संस्थाले साहित्यिक गतिविधि मात्रै नभएर सामाजिक कार्यमा पनि योगदान दिनुपर्छ भन्ने हेतुका साथ फलफूल वितरण गरिएको अध्यक्ष रोकायले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागिहरुले छिमेकी दुई जिल्लाको आत्मियता थप सुमधुर बनाउन परिषद्ले गरेको कामको प्रशंसा गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस