सल्यान २६, भदौँ ।
नेकपा माओवादी केन्द्र सल्यानको जिल्ला इन्चार्जको जिम्मेवारी कर्ण बहादुर बुढाथोकी छहारीले पाउनुभएको छ । हालै सम्पन्न कर्णाली प्रदेश कमिटीको बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी छहारीलाई दिएको हो । यस्तै पार्टीको जिल्ला संयोजकको जिम्मेवारी कृति वहादुर पुनले पाउनुभएको छ । यस्तै पार्टीको ६५ सदस्यीय जिल्ला कमिटी बैठकले सचिवको जिम्मेवारी निमवहादुर केसीलाई दिएको छ ।
यस्तै शारदा नगर कमिटीको इञ्चार्जमा प्रमोद कुमार श्रेष्ठ, वागचौर नगर कमिटीको इन्चार्जमा टिकाराम वली र वनगाड कुपिण्डे नगर कमिटीको इन्चार्जमा कर्ण बहादुर बुढाथोकी रहनुभएको छ । यस्तै दार्मा गाउँ कमिटीको इन्चार्जमा निमवहादुर केसी, त्रिवेणीको इन्चार्जमा अजय रोका, कपुरकोटको इन्चार्जमा तिर्थराज वस्नेत, कालिमाटीको इन्चार्जमा पुरुषोत्तम भट्टराई, कुमाखको इन्चार्जमा दिलमाया वुढा, छत्रेश्वरीको इन्चार्जमा चित्र बहादुर केसी र सिद्धकुमाखको इन्चार्जमा सुम्नीमा डिसीले जिम्मेवारी पाउनु भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
यससँगै अव पार्टीका गतिविधि तिव्ररुपमा अगाडी बढ्ने पार्टी सचिव केसीले जानकारी दिनुभयो । उहाँले भदौँ मसान्त सम्म पार्टी सदस्यता नविकरण गर्ने र नयाँ सदस्यताको लागि आवेदन खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो । यस्तै असोज १० गते जिल्लाभरका सबै टोलहरुमा एकैसाथ टोल सम्मेलन गर्ने निर्णय गरिएको छ ।
यस्तै असोज २० गते ८३ वटै वडाहरुको सम्मेलन र कात्तिक ६ गते दश वटै पालिकाको एकसाथ पालिका सम्मेलन गर्ने निर्णय गरिएको पार्टी सचिव केसीले जानकारी दिनुभयो ।