कम्युनिष्ट पक्षधरहरु सँग सहकार्य गरेर अगाडी बढ्छौँ : इन्चार्ज ज्वाला


सल्यान २७, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले कम्युनिष्ट पक्षधरहरु सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै सर्वसत्तावादी सोच र निरंकुश कार्यशैलीबाट पार्टी कब्जा गरिएपछि बाध्य भएर पार्टी पुनर्गठन गरिएको बताउदैँ उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न कम्युनिष्ट पक्षधरहरु सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभएको हो ।

नेकपा एकीकृत समाजवादीद्धारा आइतवार सल्यानको भोटेचौरमा छत्रेश्वरी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रमलाई संबोदन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ज्वालाले बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्धेश्यका साथ आफुहरु अगाडी बढेकाले बिचलित नहुन आमकार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । सल्यानमा एकीकृत समाजवादी बलियो शक्तिका रुपमा स्थापित भएकाले एकढिक्का भएर अगाडी बढ्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष उदय बोहरा, कर्णाली प्रदेश सदस्य हरि केसी, जिल्ला उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य शारदा परियार, प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँपालिका ३ का वडाअध्यक्ष राज बहादुर बुढाथोकी, कर्णाली प्रदेश परिषद सदस्य टोप बहादुर चन्द, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष बुद्वा केसी, सिद्धकुमाख गाउ कमिटी तथा गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला कमिटी सदस्य तेज राज चन्द लगाएतकाले बोल्नुभएको थियो ।

पार्टीका पालिका संयोजक गोबिन्द केसीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिका ५ का वडाअध्यक्ष लिलाधर घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन रेमन्त डाँगीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस