नेकपा एकीकृत समाजवादीको कार्यक्रममा उर्लियो जनसागर

दुर्गा विसी,
सल्यान ३०, भदौँ ।
नेकपा एकीकृत समाजवादी सल्यानको बनगाड कुपिण्डे नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा निकै ठुलो जनमास उर्लिएको छ । नगरपालिकाको सल्लीवजारमा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


पार्टीको प्रशिक्षण कार्यक्रम भनिएता पनि ठुलो जनमास भएकोले खुला सभामा परिणत भएको थियोे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, केन्द्रीय सदस्य राम कुमारी झाँक्री लगाएतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष राम कुमार खड्की, प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिब रमेश गौतम, प्रदेश कमिटी सदस्य गणेश बिसी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य तिलक नेपाली, अखिल नेपाल महिना संघका केन्द्रिय सदस्य धना शाही, जिल्ला कमिटी सदस्य एवम् बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शान्त कुमार यरी, जिल्ला कमिटी सदस्य पठ बहादुर पुन लगाएतको सहभागिता रहेको थियो ।


पार्टीका नगर संयोजक रबिराज शर्माको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा बनगाड कुपिन्डे नगरपालिका १२ का वडा अध्यक्ष गोबिन्द डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य पुस्कर बिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस