राउटे समुदायका वालवालिकामा स्वास्थ्य समस्या : स्वास्थ्यकर्मीद्वारा चेकजाँच

दुर्गा बिसी,
सल्यान ३१, भदौँ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ देवस्थल, घाटगाउँमा वस्दै आएका लोपउन्मुख राउटे समुदायका मानिसमा स्वास्थ्य समस्या देखिएको छ । छाला सम्बन्धी समस्या, घाउ, चोटपटक र पाचन प्रणालीसँग सम्बन्धित समस्याहरु देखिएपछि स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य जाँच गरेका छन् । खास गरेर राउटे समुदायका वालवालिका विरामी भएको खबर थाहा पाएपछि देवस्थल स्वास्थ्य चौकी कि इन्चार्ज भुमा वली, कमल खड्का सहितको स्वास्थ्यकर्मी टोलीले उनीहरुको स्वास्थ्य चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा राउटे समुदायका वालवालिकामा छाला सम्बन्धि चिलाउने रोग, खोकि ज्वरो लगाएतको समस्या देखिएको स्वास्थ्यकर्मी वलीले जानकारी दिनुभयो । विशेष गरि खाना, पानी र ठाउँ ठाउँको वासस्थानको बसाइसराईले यस्तो समस्या देखा परेको उहाँको भनाई छ ।बालुवासँग्रही भेरी नदि किनारमा वस्दै आएका राउटेहरुलाइ त्यहाँ खानेपानी समस्या भए पछि अहिले घाटगाउ भेरि नदि किनारको चौरमा बसाई सरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस