रुम टु रिडको आयोजनामा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

सल्यान १, असोज ।
सल्यानमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन् । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलितविकास समाज सल्यानको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ सल्यान र नगर तथा गाउँ पालिकाहरुको समन्वयमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका हुन् ।


“मानव केन्द्रित पुर्नलाभका लागि साक्षरता : प्रविधि प्रयोगको असमानतामा न्यूनता” भन्ने मुलनाराका साथ ५५ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्वर ८ मा र “सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुलनाराको मंगलवार ५७ औं राष्ट्रिय वालदिवशको अबशरमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका हुन् । जिल्लाका विद्यालयहरुको आयोजनामा विशेष गरी कक्षा १ अन्र्तगत अक्षर र मात्रा चिन्ने खेल, अक्षर लेखन खेल, कक्षा २ अन्तर्गत शब्द लेखन खेल, शब्द मेमोरी खेल, छिटो पठन खेल, कक्षा ३ देखी ५ सम्म हाजिरी जवाफ प्रतियोगिता, शब्द अर्थ खेल, चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।


यस्तै कक्षा ६ देखी १० सम्म वक्तृत्वकला प्रतियोगिता लगाएतका व्रिmयाकलाप सञ्चालन गरिएको थियो । विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधी, शिक्षक, विद्यार्थी, अभिभावक र दलित विकास समाजका साक्षरता सहजकर्ताको उपस्थितीमा विविध कार्यक्रम सम्पन्न गरिएको हो ।


विद्यालयमा गरिएका व्रिmयाकलापहरुमा सहभागी विद्यार्थीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्रीहरु रुम टु रिडले उपलब्ध गराइएको थियो । कार्यव्रmम कोभिड १९ लाई ध्यानमा राखी सामाजिक दुरी कायम गरी सम्पन्न गरिएको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस