सल्यानको घाटगाउँमा बस्दै आएको राउटे बस्तीमा खाद्यान्न र लत्ताकपडा वितरण

दुर्गा विसी,
सल्यान १, असोज ।
सल्यानको पश्चिमी क्षेत्रमा वसाइ सरेका राउटे समुदायलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले विभिन्न सामग्री वितरण गरेका गर्नुभएको छ । सामग्री वितरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले राउटे जातिको उत्थानका लागि स्थानीय सरकारले वढी तदारुकता देखाउनुपर्ने कुरामा जोड दिनुभएको छ । उनीहरु वसाइ सरेर जाने स्थानमा वालवालिकाको शिक्षा, स्वास्थ्य र आवासमा सामान्य चासो दिनुपर्ने कुरामा उहाँको जोड छ ।

राउटेहरु स्थायि रुपमा वस्न नचाहने जाति भएकोले उनिहरु वसाइ सरेर जाने स्थानमा यी ३ कुरामा विशेष ख्याल मात्रै गरिदिए राउटेको पछिल्लो पुस्ता आधुनिकतातिर ढल्किने उहाँले बताउनुभयो । सो अबशरमा म्याट ७५ सेट, वल्यांकेट ७५ सेट, पिफर्म ७५ सेट, पाल ५० सेट, चप्पल १ सय २५ सेट, सावुन नुहाउने कपडा, पिठो ५ सय केजि गरेर ४ लाख बराबरको सामग्री वितरण गरिएको छ ।


राउटे समुदायलाई आधुनिकतामा लैजानका लागि सबैको उत्तरदायित्व रहेको प्रदेश सांसद गुलावजंग शाहले बताउनुभयो । राउटे समुदायको उत्थानका लागि विगत १८ वर्ष देखि निरन्तर सेवामूलक संस्थाकि अध्यक्ष सत्यदेवी अधिकारीले राउटेहरुको संरक्षणमा काम गर्दै र पुलको रुपमा सहजिकरण गरिरहेको बताउनुभयो ।

सामग्री वितरण कार्यक्रममा सांसद पदमा खड्का, सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मन्जु यरी र दुबई जिल्लाका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस