‘आवास निर्माण गर्दा व्यवस्थित वस्ती विकासको अवधारणालाइ जोड दिइनुपर्छ’

सल्यान २, असोज ।
आवास विहीनहरुको लागि आवास निर्माण गर्दा व्यवस्थित वस्ती विकासको अवधारणालाइ अगाडी बढाइनुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । उनीहरुले सरकारी तवरवाट आवास निर्माण गरिएको क्षेत्रमा विकासका अन्य पूर्वाधारहरु पनि निर्माण गर्नुपर्ने भएकाले व्यवस्थित बस्ती बिकासको अवधारणालाई पनि अगाडी बढाइनुपर्नेमा जोड दिएका हुन् ।

इन्सेकद्धारा सञ्चालित इपिएल परियोजना अन्र्तगत शनिवार जिल्लाको सदरमुकाम खलंगामा शनिवार आयोजित आवासको अधिकार सम्बन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । उनीहरुले आवास विहीनको लागि राज्यले प्राथामिकता दिएर जनता आवास मार्फत आवास निर्माण गरिदिनुपर्ने र फुसको छाना हटाएर जस्ता पाता लगाउने कार्यमा पनि बास्तविक पिडित परिवारलाई प्राथामिकता दिनुपर्ने बताएका हुन् ।

यससँगै त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत्त आदीको पहुँच पर्याउनुपर्ने भएकाले यसबारेमा पनि अनुगमण गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै शारदा नगरपालिका २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठले वास्तविक पिडित परिवारलाई सरकारी तवरबाट हुने हरेक कार्यमा प्राथामिकता दिइएको बताउनुभयो ।

यस कार्यमा वडा कार्यालयबाट कुनै बिभेद नभएको उहाँको भनाइ छ । विगतमा पनि केही परिवार जनता आवास कार्यक्रम र फुसको छाना हटाएर जस्ता पाता लगाउने कार्यक्रमबाट छुटेकाले बास्तविकता अध्ययन गरेर प्राथामिकता दिइने बताउनुभयो । मानव अधिकार समुहका अध्यक्ष मुना हमालको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस