त्रिवेणी गाउँपालिकाका उत्कृष्ट विद्यार्थीलाई नगद सहित शैक्षिक सामग्री वितरण

सल्यान ३, असोज ।
सल्यानको त्रिबेणी गाउँपालिका भित्रका उत्कृष्ट बिद्यार्थीहरुलाई नगद सहित शैक्षिक सामाग्री वितरण गरिएको छ । आईतवार स्वर्गीय ध्रुवप्रसाद श्रेष्ठ अक्षयकोषबाट ९ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जस अन्तर्गत कक्षा ५ मा उत्कृष्ट नम्बर ल्याउने सरिकोट माद्यामिक बिद्यालयका छात्र निसान पुन, सरस्वती माद्यामिक बिद्यालय कि विना बोहरा र कालिका प्राथामिक बिद्यालयका दलित छात्र रुपलाल बिकलाई जनही पाच हजार नगद सहित झोला, कपी र पेन्सिल वितरण गरिएको छ ।

यस्तै गाउँपालिकाका ६ वटै वडाका उत्कृष्ट एक एक जना बिद्यार्थीलाई झोला, कपी र दर्जन पेन्सिल वितरण गरिएको छ । समितिका अध्यक्ष रेमु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको प्रमुख आतिथ्यता रहेको थियो । गत वर्ष त्रिवेणी ६ लुहाम बजार निवासी श्रेष्ठ परिवारले स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको सम्झनामा तीन लाख रुपैयाँको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गरेका थिए ।

समाजसेवी स्वर्गीय श्रेष्ठकी श्रीमती रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कृति बहादुर पुनले कोष स्थापना गरेका थिए । पुण्य तिथिको अवशर पारेर ती सामाग्री वितरण गरिएको छोरा प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस