सल्यान ३, असोज ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले यस बर्ष गरिपारे मेला नलाग्ने भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा लाग्दै आएको गरिपारे मेला नलाग्ने भएको हो । असोज ४ गते सोमवार पुर्णिमाका दिन लाग्ने मेला यस बर्ष नलाग्ने वडा कार्यालयले जनाएको छ ।
यस मेलालाई स्थानिय संस्कृति जगेर्ना गर्ने र पर्यटनको पर्वद्धनमा सहयोग गर्ने मेलाका रुपमा लिइन्छ । लेखपोखरा, झिम्पे, दमाचौर, स्यानिखाल, छायाँक्षेत्र सँगै जिल्ला भित्र र जिल्ला बाहिरका नागरिकहरु सहभागि हुने यस मेला निकै ठुलो मेला हो । यस बर्ष पनि कोरोना संक्रमण जोखिमका कारण गरिपारे मेला स्थगित भएको थियो ।